१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

आजकै दिन : चीनमा लोकतन्त्र पक्षधरमाथि दमन

काठमाडौँ — सन् १९८९ मा आजकै दिन (जुन ४) मा चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा गरिएको प्रदर्शनमा दमन गरिएको थियो । 

आजकै दिन : चीनमा लोकतन्त्र पक्षधरमाथि दमन

१९८९ को अप्रिल १० मा लाखभन्दा बढी प्रदर्शनकारीहरू स्वतन्त्रताको माग गर्दै तियानमेन स्क्वायरमा भेला भएका थिए । विरोधका क्रममा प्रदर्शनकारीले कम्युनिस्ट शासनको अन्त्य र लोकतन्त्रको माग गरेका थिए । पछि बिस्तारै उक्त विरोध प्रदर्शन अन्य सहरमा पनि फैलिएको थियो ।

करिब ६ साता लामो प्रदर्शनपछि चीनको कम्युनिस्ट सरकारले विद्रोह रोक्न सैनिक दमन गरेको थियो । जुन ३ राति ट्यांकरसहित तियानमेन स्क्वायर पुगेको सुरक्षा फौजले आन्दोलनकारीमाथि दमन गर्दा करिब एक हजार जनाको ज्यान गएको थियो । थुप्रै घाइते भएका थिए । यद्यपि, चीन सरकारले उक्त घटनामा कोही नमारिएको दाबी गर्दै आएको छ ।

तत्कालीन समयमा सोभियत संघ विघटनको संघारमा पुगेको र विश्वभर कम्युनिस्टहरूको पकड गुम्दै गएका बेला चीनमा पनि कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरिएको थियो । यद्यपि, उक्त आन्दोलन भने चीन सरकारको दमनका कारण असफल भएको थियो ।

प्रकाशित : जेष्ठ २१, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?