कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

आजकै दिन : एलिजाबेथले पहिरिएकी थिइन् राजमुकुट

काठमाडौँ — सन् १९५३ मा आजकै दिन (जुन २) मा बेलायती महारानी एलिजाबेथ द्वितीयले राजमुकुट ग्रहण गरेकी थिइन् । बेलायती सम्राटलाई उनको कार्यकालमा एकपटक मात्र राजमुकुट पहिराइन्छ । 

आजकै दिन : एलिजाबेथले पहिरिएकी थिइन् राजमुकुट

वर्तमान राजा चार्ल्स तृतीय उक्त राजमुकुट पहिरिने सातौं बेलायती शासक हुन् । २०२२ को सेप्टेम्बर ८ मा एलिजाबेथको मृत्युपछि उनका जेठा छोरा चार्ल्स तृतीय राजा बनेका हुन् । चार्ल्सभन्दा अघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जर्ज पञ्चम, जर्ज छैटौं अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

राजा जर्ज छैटौंको निधन भएपछि एलिजाबेथ द्वितीय १९५२ फेब्रुअरी ६ मा बेलायतकी महारानी भएकी थिइन् । १९२६ को अप्रिल २१ जन्मिएकी एलिजाबेथले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् ।

सात दशकसम्म एकछत्र गद्दीमा रहेकी एलिजाबेथ बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्रप्रमुख थिइन् । जीवनकालमा थुप्रै उतारचढाव सामना गरेकी एलिजाबेथले विभिन्न रेकर्ड पनि कायम गरेकी थिइन् ।

एक सय २० देशको भ्रमण गरेकी एलिजाबेथले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

प्रकाशित : जेष्ठ १९, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?