

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (मार्च १२) मा अमेरिकाको लस एन्जल्समा ‘हंगर गेम्स’ फिल्म प्रिमियर गरिएको थियो । सुजान कोलिन्सको उपन्यास ‘हंगर गेम्स’ मा आधारित फिल्म ग्यारी रोसले निर्देशन गरेका हुन् । फिल्ममा जेनिफर लरेन्स, जोस हटचर्सन, लियाम हेम्सवोर्थ, वुडी ह्यारेल्सन, एलिजाबेथ ब्यांक्स, लेनी क्राभिट्जलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्म सन् २०१२ को मार्च २१ मा अमेरिका, बेलायत र युरोपका केही देशमा रिलिज भएको थियो । फिल्मले रिलिज भएको पहिलो दिनमा ६७.३ मिलियन कलेक्सन गरेर रेकर्ड कायम गरेका थियो । त्यस्तै, उत्तर अमेरिकामा पहिलो एक सातामा १५२.५ मिलियन कलेक्सन गर्ने हंगर गेम्स तेस्रो फिल्म बनेको थियो । फिल्मले विश्वभरबाट ६९४.४ मिलियन कलेक्सन गरेको थियो ।
फिल्मको ‘सेफ एन्ड साउन्ड’ गीतले ग्रामी अवार्ड जितेको थियो भने गोल्डन ग्लोब अवार्डमा मनोनीत भएको थियो । फिल्मबाट लरेन्सले उत्कृष्ट अभिनेत्रीका रूपमा स्याटर्न अवार्ड, ब्रोडकास्ट फिल्म क्रिटिक्स एसोसिएसन अवार्ड, एम्पाएर अवार्ड जितेकी थिइन् ।
प्रकाशित : फाल्गुन २८, २०७९ ०८:३२