२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘निफ’ मा सिस्नुपानी सेसन

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा हास्यव्यंग्य समूह सिस्नुपानी नेपालले सेसन सञ्चालन गर्ने भएको छ । चैत २ देखि ६ गतेसम्म चल्ने छैटौं महोत्सवको अन्तिम दिन ‘हास्यव्यंग्यले हौसिएको नेपाली सिनेमा’ विषयक डेढ घण्टा लामो सेसन सञ्चालन गरिने भएको हो ।

‘निफ’ मा सिस्नुपानी सेसन

सेनामा कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदीप भट्टराई र समीक्षक विन्दु शर्मा प्यानलिस्टका रूपमा रहनेछन् । सेसनको मध्यस्थता भने पत्रकार धीरेन्द्र प्रेमर्षिले गर्ने जनाइएको छ ।

३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने महोत्सवमा छनोट भएका ९५ प्रतियोगी चलचित्र क्यूएफएक्सद्वारा सञ्चालित उपत्यकाका सिभिल मल, छाया सेन्टर, लबिङ मल र राधेराधेस्थित भाटभटेनीका हलमा प्रदर्शन गरिनेछ । ‘ओपनिङ फिल्म’ का रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन भने सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?