आजकै दिन : ब्रिटनीको जन्म- विश्व - कान्तिपुर समाचार

आजकै दिन : ब्रिटनीको जन्म

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८६ मा आजकै दिन (मार्च ९) मा अमेरिकी अभिनेत्री ब्रिटनी स्नोको जन्म भएको थियो । अमेरिकी राज्य फ्लोरिडाको टम्पामा जन्मिएकी स्नो ३ वर्षको उमेरमा डिपार्टमेन्ट स्टोरका विज्ञापनमार्फत मोडलिङमा प्रवेश गरेकी थिइन् ।

तर सीबीएस टेलिभिजनको सोप ओपेरा ‘गाइडिङ लाइट (१९९८–२००१)’ मा अभियन गरेसँगै भने उनी चर्चामा आएकी हुन् । गाइडिङ लाइटबाट उनले ‘सोप ओपेरा डाइजेस्ट अवार्ड’ मा उत्कृष्ट युवा अभिनेत्रीको अवार्डसमेत जितेका थिइन् । त्यसपछि उनले एनबीसी टेलिभिजनको ‘अमेरिकन ड्रिम्स (२००२–२००५) मा अभिनय गरेकी थिइन् ।

अमेरिकन ड्रिम्सपछि फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले थप सफलता हासिल गरिन् । उनले ‘द प्यासिफियर (२००५)’, ‘जोन टकर मस्ट डाई (२००६)’, ‘हेयरस्प्रे (२००७)’, ‘प्रोम नाइट (२००८)’, ‘वुड यु र्‍यादर (२०१२)’, ‘बुसविक (२०१७)’, ‘ह्याङ्गम्यान (२०१७)’, ‘समवान (२०१९)’, ‘एक्स (२०२२)’ मा प्रमुख भूमिका निर्वाह गरेकी छन् ।

स्नो ‘लभ इज लाउडर’ मुभमेन्टकी सहसंस्थापकसमेत हुन् । गैरनाफामूलक संस्था जेड फाउन्डेसनको अगुवाइमा स्थापित लभ इज लाउडर विद्यालयमा हुने छेडखानी रोक्न क्रियाशील छ । छेडखानी, बडी सेमिङ, विभेद र डिप्रेसनलाई सम्बोधन गर्ने उद्देश्यले लभ इज लाउडरमा हजारौं प्रभावशाली व्यक्तिका साथै विद्यालय, कलेज तथा समुदाय जोडिएका छन् ।

मानसिक स्वास्थ्यका विषय क्रियाशील रहेको भन्दै स्नोलाई अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले सन् २०१५ मा विशेष सम्मानसमेत गरेको थियो ।

प्रकाशित : फाल्गुन २५, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

एजेन्सी

काठमाडौँ — भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– 'मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।' खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । गुरुग्रामस्थित साथीको घरमा होली मनाउन गएका उनलाई हृदयघात भएको थियो । तत्काल फोर्टिस अस्पतालमा लगे पनि उनको सोही कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा 'रामलखन' र सन् १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

'रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले 'हम आपके दिलमे रहेते है(१९९९),'तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

कौशिकका पत्नी र एक छोरी रहेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×