भ्यालेन्टाइनको हत्या

फाल्गुन २, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २६९ मा आजकै दिन (फेब्रुअरी १४) मा रोमन क्याथोलिक चर्चका सन्त भ्यालेन्टाइनको हत्या भएको थियो । रोम सम्राट् क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम र विवाहका लागि बन्देज लगाएका थिए ।

तर त्यसलाई उल्लंघन गर्दै भ्यालेन्टाइनले प्रेममा परेका जोडीको बिहे गराइदिएका थिए । जसका कारण भ्यालेन्टाइनलाई ‘प्रेमीहरूका सन्त’ का रूपमा चिनिने गरिएको थियो । 

सम्राट्को आदेश उल्लंघन गरेको थाहा पाएलगत्तै उनी पक्राउ परेका थिए । त्यसपछि भ्यालेन्टाइनलाई जेल सजाय र चरम यातना दिइएको थियो । पछि क्लाउडियसले उनको हत्या गरेका बताइन्छ । त्यसताका इटालीको टेर्नी सहरका विसफ रहेका भ्यालेन्टाइन रोमको बाहिरी क्षेत्रमा मारिएका थिए । सन् ४९६ मा उनलाई पोप गेलासियस प्रथमले उनका सत्कार्यहरू ‘भगवान्ले स्वीकार गरेका’ भन्दै सहिद घोषणा गरेका थिए । त्यसयता फेब्रुअरी १४ लाई भ्यालेन्टाइन्स डे (प्रेम दिवस) का रूपमा मनाउन थालिएको हो । जुन १४ शताब्दीदेखि विश्वव्यापी बनेको हो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully