१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आजकै दिन : एलिजाबेथको गद्दी आरोहण

काठमाडौँ — सन् १९५२ मा आजकै दिन (फेब्रुअरी ६) मा एलिजाबेथ द्वितीय बेलायतको महारानी बनेकी थिइन् । लामो समयदेखि बिरामी रहेका बेलायतका राजा जर्ज छैटौंको निधन भएपछि एलिजाबेथ महारानी घोषित भएकी हुन् । सन् १९२६ को अप्रिल २१ जन्मिएकी एलिजाबेथले २६ वर्षको उमेरमा सिंहासन सम्हालेकी थिइन् ।

आजकै दिन : एलिजाबेथको गद्दी आरोहण

१९५२ मा पिता जर्ज छैटौंको निधनपछि एलिजाबेथले राजगद्दी सम्हालेकी थिइन् । सात दशकसम्म एकछत्र गद्दीमा रहेकी उनी बेलायतको इतिहासमै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राष्ट्राध्यक्ष हुन् । उनी बेलायतलगायत १४ वटा मुलुकको राष्ट्रप्रमुख थिइन् ।

आफ्नो जीवनमा थुप्रै उतारचढाव सामना गरेकी एलिजाबेथले थुप्रै रेकर्ड पनि कायम गरेकी थिइन् । एक सय २० देशको भ्रमण गरेकी एलिजाबेथले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।

एलिजाबेथको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका थिए । त्यसका साथै, उनलाई ‘स्थायित्व र निरन्तरता’ को प्रतिनिधित्व गर्ने शालीन राष्ट्राध्यक्षका रूपमा लिने गरिन्छ ।

एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा रहे पनि राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्यागेपछि उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो । २०२२ को सेप्टेम्बर ८ मा एलिजाबेथको मृत्यु भएपछि उनका जेठा छोरा चार्ल्स तृतीय बेलायतको राजा बनेका हुन् ।

प्रकाशित : माघ २३, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?