१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लिम्बू जातिको मृत्यु संस्कारको संगीत

ललितपुर — लिम्बू जातिको मुन्धुम प्रचलन र त्यसभित्रको मृत्यु–संस्कारलाई यथावत् रूपमा संगीत रेकर्डमा उतार्ने काम सुरु भएको छ । लिम्बू जातिको जीवनदेखि मृत्युसम्मको कर्मकाण्ड तथा यसको मौखिक परम्परा आधारित ज्ञान क्रमशः हराउँदै गइरहेकोले मुन्धुमलाई संगीतका रूपमा रेकर्ड गरिएको गायिका झुमा लिम्बूले जनाइन् । 

लिम्बू जातिको मृत्यु संस्कारको संगीत

संसारभर रहेका लिम्बू जातजाति तथा धामीझाँक्री (फेदांङ्वा) नभेटिने थातथलोमा पनि २० मिनेटको संगीतका आधारमा संस्कार धान्न सकिने उनले बताइन् । मुन्धुम संस्कारलाई जीवन्त र यथावत् राख्न ताप्लेजुङको हाङदेवाबाट धामी (येबा) अमरजङ केदेम ल्याएर यथावत् ध्वनि तथा लवजलाई रेकर्डमा उतारिएको थियो ।

डीबी आङबुङले सम्पादन गरेको रेकर्डमा गायिका झुमासहित मनु नेम्बाङ, गायक लक्ष्मण लिम्बू र विक्रम लिम्बूको स्वर छ । दक्षिण अमेरिकी मुलुक चिलीबाट आएका संगीतकर्मी तोमस कारास्को गुबेरनाटिजले बाँसुरी र मोवा एडमन्ड्स गुएभाराले गितार वादनमा सहयोग गरेका छन् । मुन्धुम ट्र्याकको सम्पूर्ण साउन्ड–रेकर्ड गुबेरनाटिज र गुएभाराले गरेका छन् । गायिका झुमा लिम्बूकै संगीत संयोजन रहेको यो रेकर्डपछि मुन्धुमका अरु प्रकार र बान्कीमा पनि सांगीतिक रेकर्ड गर्दै लगिने जनाइएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?