कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजकै दिन : भारतमा पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ — सन् १९६६ मा आजकै दिन (जनवरी १९) भारतमा इन्दिरा गान्धी पहिलो महिला प्रधानमन्त्रीमा चयन भएकी थिइन् । भारतको तेस्रो प्रधानमन्त्री गान्धीले जनवरी २४ देखि कार्यभार सम्हालेकी थिइन् । गान्धीभन्दा अगाडि उनका पिता जवाहारलाल नेहरू र लालबहादुर शास्त्री प्रधानमन्त्री बनेका थिए ।

आजकै दिन : भारतमा पहिलो महिला प्रधानमन्त्री

सन् १९४७ मा स्वतन्त्र भएपछि प्रधानमन्त्री बनेका नेहरूले १९४७ देखि १९६४ शासन गरेका थिए । त्यसपछि शास्त्री दुई वर्ष प्रधानमन्त्री बनेका हुन् । शास्त्रीले १९६५ को इन्डो–पाकिस्तान युद्धमा भारतको नेतृत्व गरेका थिए । युद्धका क्रममा उनको ‘जय जवान, जय किसान’ नारा निकै लोकप्रिय भएको थियो । शास्त्रीको १९६६ को जनवरी ११ मा उज्बेकिस्तानको तासकेन्टमा आकस्मिक निधन भएपछि गान्धी प्रधानमन्त्रीमा चयन भएकी हुन् । जनवरी १० मा तासकेन्ट सम्झौतासँगै दुई देशबीचको युद्ध औपचारिक रूपमा अन्त्य गरेका उनको भोलिपल्ट मृत्यु भएको हो ।

गान्धी १९४७ देखि १९६४ सम्म नेहरूको व्यक्तिगत सहयोगी थिइन् । १९५५ मा भारतीय राष्ट्रिय कंग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य निर्वाचित गान्धी १९५९ देखि एक वर्ष र पुनः १९७८ मा पार्टीको अध्यक्ष भएकी थिइन् । प्रधानमन्त्री हुनुअघि उनले १९६४ देखि १९६६ सम्म सूचना तथा प्रसारणमन्त्री बनेकी थिइन् ।

१९७५ मा देशव्यापी विरोध प्रदर्शनपछि भने उनको प्रधानमन्त्री पद संकटमा परेका थियो । जसका कारण उनले १९७७ मा राजीनामा दिएकी थिइन् । १९८० मा उनी दोस्रोपटक सत्तामा पुगेकी थिइन् । भारतमा नेहरूपछि प्रधानमन्त्रीका रूपमा लामो समय गान्धीले कार्यभार सम्हालेकी छन् । उनी ११ वर्ष ५९ दिन प्रधानमन्त्री बनेकी हुन् । नेहरू १६ वर्ष २८६ दिन प्रधानमन्त्री बनेका थिए ।

१९१७ को नोभेम्बर १९ मा अलाहबादमा जन्मेकी गान्धीलाई १९८४ को अक्टोबर ३१ मा अमृतसरमा दुई जना शिख अंगरक्षकले हत्या गरेका हुन् । गान्धीलाई १९९९ मा बीबीसीले ‘वुमन अफ द मिलिनियम’ घोषित गरेको थियो ।

प्रकाशित : माघ ५, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?