कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेन्सेन्टका सय कर्मचारी बर्खास्त

एजेन्सी

बेइजिङ — चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले कम्पनीको नीति उल्लंघन गरेको आरोपमा एक सयभन्दा बढी कर्मचारी बर्खास्त गरेको छ । हङकङमा सूचीकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता तथा चीनमा लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो । कम्पनीले विश्वभर इन्टरनेट, सूचना प्रविधि, कम्प्युटर लागयतका क्षेत्रमा विभिन्न सामाग्री आपूर्ति पनि गर्छ । 

टेन्सेन्टका सय कर्मचारी बर्खास्त

सन् २०२० को अन्त्यदेखि चीनले प्रविधि क्षेत्रका नियम, कानुनहरूमा कडाइ गरेको मार कम्पनीले खेप्दै आएको छ । सयभन्दा बढी कर्मचारीले जालसाजीविरोधी नीतिको उल्लंघन गरेका कम्पनीको दाबी छ । कम्पनीले गत नोभेम्बरमा एक विज्ञप्ति जारी गर्दै लगातार दोस्रो त्रैमासिकमा आम्दानीमा गिरावट आएको जनाएको थियो ।

‘कम्पनीभित्र भ्रष्टाचार र धोखाधडीको समस्याको प्रतिक्रियामा, टेन्सेन्टको जालसाजी अनुसन्धान विभागले आफ्नो कारबाहीलाई सशक्त पार्दै सामान्य समस्यासँगै उल्लंघनको श्रृंखलाको अनुसन्धान र सामना गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सन् २०२१ को को तुलनामा २०२२ मा अनुसन्धान र कारबाहीमा परेका मुद्दा र कर्मचारीको संख्यामा वृद्धि भएको जनाइएको छ । ‘अभियुक्तहरूले कम्पनीको रकम हिनामिना गरेको र घूस लिएको पाइएको छ, जसमा धेरैलाई प्रहरीमा पठाइएको छ र केहीलाई अदालतले समेत दोषी ठहर गरेको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ । बर्खास्त गरिएका र भ्रष्टाचारको आरोप लगाइएकामध्ये धेरै कम्पनीको समाचार, खेलकुद र चलचित्रहरूमा कम्पनीको व्यापक सामग्री उत्पादनको निरीक्षण गर्ने सार्वजनिक परामर्श समूह शाखाको हिस्सा थिए । तर उनीहरूले टेनसेन्टका क्लाउड कम्प्युटिङ र फिनटेकलगायत अन्य व्यवसायहरू पनि विस्तार गर्छन् ।

कम्पनीका अनुसार एक कर्मचारीलाई ‘गैर–राज्यकर्मचारीबाट घूस लिएको’ अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोनी माले गत महिना एक आन्तरिक कर्मचारी बैठकलाई सम्बोधन गर्दै कम्पनीमा भएको भ्रष्टाचारको स्तर ‘आश्चर्यजनक’ भएको बताएका थिए । कारबाहीपछि टेन्सेन्टलाई ठूलो धक्का लागेको छ ।

प्रकाशित : माघ ३, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?