कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानससम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख ५ हजार ६ सय ३८ पुगेको छ ।

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

त्यस्तै विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब २५ करोड पुगेको छ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा तीव्रता आएसँगै मृत्युदर घटेको छ । तर विज्ञहरूले कोरोनाबाट मृत्यु हुनेहरूको संख्या अझ धेरै भएको हुनसक्ने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले समेत सार्वजनिक संख्याभन्दा ३ गुणा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । कोरोना भाइरस मुटुसम्बन्धी रोग र स्ट्रोकपछि मृत्युको तेस्रो ठूलो कारकका रूपमा देखिएको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ७ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६ लाखभन्दा बढीको मृत्यु भए पनि स्वास्थ्य विज्ञहरूले सरकारले तथ्यांक लुकाएको आरोप लगाएका छन् । ब्राजिली सरकारलाई कोरोना संक्रमणबारे तथ्यांक तोडमोड गरेको आरोप लाग्दै आएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाखबाट ५० लाख पुग्न ११० दिन लागेको छ । यसअघि त्यही संख्या ३० लाखबाट ४० लाख पुग्न भने ९० दिन मात्रै लागेको थियो ।

पछिल्लो समय कोरोना भाइरसको हटस्पट क्षेत्र पनि सुरुवाति क्षेत्रबाट सरिरहेको छ । अहिले रुस, युक्रेन र पूर्वी युरोपमा संक्रमण बढिरहेको समाचार संस्था एपीले जनाएको छ । युक्रेनमा १७ प्रतिशत जनसंख्याले मात्रै पूर्ण रूपमा खोप लगाएका छन् । त्यस्तै अर्मेनियामा उक्त संख्या ७ प्रतिशत मात्रै रहेको छ ।

प्रकाशित : कार्तिक १६, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?