२४ घण्टामा थपिए ४४१ कोरोना संक्रमित, ४९० जना निको

कार्तिक १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ४४१ जना थपिएका छन् । ७ हजार ४६८ वटा पीसीआरका नमुना परीक्षण गर्दा ४४१ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, ४ हजार १९६ वटा एन्टिजेन परीक्षण गर्दा ९२ जनामा पोजिटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार ४९० जना संक्रमण मुक्त भएका छन् भने ९ जना मृतक थपिएका छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको मन्त्रालयले जनाएको छ । १ सय १८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully