१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘कोभिड जैविक हतियार होइन’

एजेन्सी

वासिङ्टन — अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् । तर यो भाइरस जैविक हतियार भने नभएको निष्कर्ष ती निकायको छ ।

‘कोभिड जैविक हतियार होइन’

‘अफिस अफ द यूएस डाइरेक्टर अफ नेसनल इन्टिलिजेन्स (ओडीएनआई) ले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुन सक्ने उल्लेख गरिएको छ । तर यसबारे यकिन गर्न भने प्रमाण यथेष्ट नभएको उल्लेख गरिएको छ ।

चीनले भने ओडीएनआईको प्रतिवेदनको कडा आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गत अगस्टमा गरेको तीनमहिने समीक्षालाई अद्यावधिक गरेर उक्त विवरण सार्वजनिक गरिएको हो ।

चारवटा गुप्तचर निकायले कोभिड–१९ को संक्रमण जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकामा ‘कम विश्वस्त’ रहेको बताएका छन् भने एउटा निकायले प्रयोगशालामा दुर्घटना भएपछि मानिसमा संक्रमण फैलिएको हुन सक्ने बताएको छ । त्यस्तो दुर्घटना चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षणका क्रममा भएको हुन सक्ने उक्त निकायको अनुमान छ ।

प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड–१९ को संक्रमणअघि चिनियाँ अधिकारीलाई पनि त्यसबारे थाहा नभएको उल्लेख छ । तर आवश्यक सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानका लागि भने चीनले असहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ अधिकारीहरूले कोभिड संक्रमण वुहानको समुद्री खाद्य बजारबाट फैलिएको बताउने गरेका छन् ।

प्रकाशित : कार्तिक १४, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?