भारतमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । बिहीबार भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । यो समाचार तयार पार्दासम्म बिहीबार मात्रै भारतमा करिब १५ लाख डोज खोप लगाइसकिएको छ ।

भारतमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो

एक अर्ब डोज खोप पूरा भएको अवसरमा बिहीबार भारतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिँदैछ । भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवीयले दिल्लीस्थित लालकिलामा कैलाश खेरले गाएको गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भारतले एकैदिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाइएको थियो । गत सेप्टेम्बर १८ मा भारतमा एकैदिन साढे २ करोडभन्दा बढी डोज कोरोना खोप लगाइएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो । चीनमा भने गत जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो ।

कोरोनाविरुद्धको खोप अभियानका बारेमा जानकारी समेटिएको वेबसाइट को–विन डट जीओभी डट आईएनका अनुसार भारतमा ७५ प्रतिशत वयस्क नागरिकले पहिलो मात्रा लगाएको र करिब ३१ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् ।

प्रकाशित : कार्तिक ४, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?