लमजुङमा करीब ५६ हजारले लगाए कोरोनाविरुद्धको खोप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा करीब ५६ हजारले लगाए कोरोनाविरुद्धको खोप

आश गुरुङ

(लमजुङ) — पहाडी जिल्ला लमजुङका करिब ५५ हजार ७ सय ५३ जना नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । हालसम्म ४५ वर्ष माथिका सबै नागरिक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा संलग्न व्यवसायी, जनप्रतिनिधि, सेना, प्रहरीलगायतलाई लगाइसकिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पहिलो मात्रा खोप लगाउनेको संख्या भने ७२ हजार १ सय ५८ रहेको छ । कार्यालय प्रमुख अमर दवाडीले ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ वटा स्थानीय तहका १ लाख ५ हजार ९ सय ३८ जनालाई खोप लगाउने लक्ष्य राखिएको बताए । उनका अनुसार अब ३३ हजार ७ सय ८० जनाले पहिलो मात्राको खोप लगाउन बााकी छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालका अनुसार भेरोसेलको पहिलो मात्रा ३७ हजार ९ सय ७५ जनाले लगाएका छन् । दोस्रो मात्रा २६ हजार ४ सय ४९ जनाले लगाएका छन् । कोभिसिल्ड र अस्ट्राजेनेकाको पहिलो मात्रा २१ हजार ७ सय १३ जनाले लगाएका छन् । दोस्रो मात्रा १६ हजार ८ सय ३४ लगाएका छन् । जोन्सन एण्ड जोन्सन १२ हजार ४ सय ७० जनाले लगाएका छन् । जोन्सन खोप लगाउनेले दोस्रो खोप लगाउनु पर्दैन । ‘हामीले अधिकांशलाई पूर्ण खोप लगाइसकेका छौं । अब अपुगका लागि खोप माग गरेका छौं,’ उनले भने ।

कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाका १८ हजार ४ सय ६३ जनाले पहिलो र १३ हजार ३ सय ५२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । सुन्दरबजार नगरपालिकाका ११ हजार ६ सय ९७ जनाले पहिलो र ९ हजार ४ सय २८ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । मध्यनेपाल नगरपालिकाका ८ हजार ८ सय ७७ जनाले पहिलो र ६ हजार ८ सय ७५ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । राइनास नगरपालिकाका ७ हजार १ सय ३७ जनाले पहिलो र ५ हजार ४ सय २६ जनाले दोस्रो मात्रा खोप लगाएको बराललेब ताए ।

उनका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ८ हजार ५ सय ९९ जनाले पहिलो र ६ हजार ७ सय २७ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । दोर्दी गाउँपालिकाका ६ हजार १ सय ४७ जनाले पहिलो र ४ हजार ३ सय १९ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । दूधपोखरी गाउँपालिकाका ५ हजार ६ सय ९२ जनाले पहिलो र ५ हजार ६ सय जनाले दोस्रो मात्रा खोप लगाएका छन् । र, क्व्होलासोंथर गाउापालिकाका ५ हजार ५ सय ४६ नागरिकले पहिलो र ४ हजार २६ जनाले दोस्रो मात्रा खोप लगाएको बरालले बताए ।

लमजुङमा जिल्ला अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्र गरी ८५ वटा स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाइँदै आएको छ । लमजुङका ७५ वडामध्ये सबैले आ–आफ्नै वडाबाट कोरोनाविरुद्धको खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : आश्विन ३०, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीका किसानलाई धान भित्र्याउने चटारो

गणेश चौधरी

(टीकापुर) — दसैंको टीका लगत्तै पश्चिम तराइका किसानलाइ धान भित्र्याउने चटारो भएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने कैलालीको पूर्वी भेगका किसानलाइ खेतमा पहेँलपुर भएको धानवाली भित्र्याउन भ्याइनभ्याइ हुन थालेको हो ।

मनसुन सकिएसँगै धान भित्र्याउन सुरु गरेका यहाँका किसान दसैं मनाउन व्यस्त थिए । शनिबारदेखि फेरी धान कटाइ सुरु भएको छ ।

यसपाली ढिलोसम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् । दसैंको २/३ दिन बाहेक किसानहरु धान कटाइमै व्यस्त थिए । चाँडो बाली तयार हुने राधा–४, सर्जु–५२ लगायतका धान पाकेर दाना झर्ने अवस्था भइसकेकोले धान भित्र्याउन हतार भइसकेको जानकी गाउँपालिका–८ का किसान रमेश चौधरीले बताए ।

‘ढिलोसम्माके झरीका कारण केही धान ढलेकोले धान काट्ने मेसीनले काट्न पनि समस्या हुँदा हँसियाले काट्नु परिहरेको छ,’ चौधरीले भने । यसपाली धान भित्र्याउने बेला वर्षा भएकोले धान डलेर केही क्षति भएको उनले बताए ।

कैलालीको जानकी गाउँपालिका–६ का किसान बलीराम चौधरीले करिब २ विघाको धान वर्षाले पुरै ढलाएको सुनाए । उनले भने, ‘हावापानी आयो । सबै धान ढल्यो । ढलेका धान पुरै कुहियो । मिहिनेत र लगानी सबै खेर गयो ।’



कैलालीको पूर्वी भागमा सिँचाई कुलोको पानी लाग्ने भएपछि यहाँका किसानले चाँडै नै रोपाईं सकाएका थिए । पानी नपरेको भए यहाँका किसानले धान भित्र्याइ सकेका हुन्थे ।
धान काट्न यहाँका किसानले पावर टिलरको प्रयोग बढाउँदै लगेका छन् । धान पाके पनि धान खेत गिलै भएकोले पावर टिलरले धान काट्ने अवस्था नरहेको किसान भोजराज चौधरीले बताए । उनले भने, ‘हसियाले धान काट्दा समय पनि लाग्छ । लगानी पनि बढ्छ ।’

किसानहरु आधुनिक कृषि औजारमा आकर्षित हुँदै गएपनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजार हँसियाकै सहारामा धान काट्ने गरेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र यहाँको रानी जमरा गुलरिया सिचाईं आयोजनाको कृषि तर्फको कार्यालयले अनुदानमा कृषि औजार सहयोग गर्दै आएको छ ।’



प्रकाशित : आश्विन ३०, २०७८ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×