१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो)सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ ।

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ। साढे एक वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।

नवगठित कार्यदलले वुहानको बजारबाट जनावरबाट मानिसमा भाइरस सरेको हो वा प्रयोगशाला दुर्घटनापछि फैलिएको हो भनेर विचार गर्ने छ । प्रयोगशालासम्बन्धी दोस्रो धारणाप्रति चीनले कडा रुपमा प्रतिवाद गर्दै आएको छ ।

कोभिडको उत्पत्तिको विषयमा अनुसन्धान गर्न गत फेब्रुअरीमा चीन पुगेको डब्लूएचओको एक टिमले भाइरस चमेराबाट मानिसमा सरेको सम्भावनासहितको निष्कर्ष दिएको थियो तर यस विषयमा थप काम गर्नुपर्ने जनाएको थियो । तर पछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चिनियाँ पक्षको आपरदर्शीता र डेटाको अभावले अनुसन्धानमा बाधा उत्पन्न भएको बताएका थिए । डब्लूएचओका अधिकारीहरुले साइन्स जर्नलमा प्रकाशित गरेको एक लेखेमा 'प्रयोगशाला दुर्घटना'को विषयलाई अस्वीकार गर्न नसकिने उल्लेख छ।

सागोले प्रस्ताव सदस्यहरुमा यसअघि चीन पुगेका विज्ञ टिमका सदस्य रहेका छन् । नयाँ कार्यदलको घोषणा चीनले महामारी सुरुवाि महिनामा लिएको ब्लड बैंकले लिएको हजारौँ नमुनाको परीक्षण गर्न तयारी गरिरहेको भन्ने समाचार आएको समयमा भएको हो । चीनले भने उत्पत्तिको विषयमा वैज्ञानिक अनुसन्धान विषय भएको तर कोभिड १९ को उत्पत्तिलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित : आश्विन २८, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?