भारतबाट शनिबार १० लाख डोज कोभिसिल्ड आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — शनिबार भारतबाट नेपालले खरिद गरेको१० लाख डोज कोभिसिल्ड आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भोलि २ बजेतिर एयर इन्डियाको फ्लाइटबाट खोप आइपुग्ने बताए । 

भारतबाट शनिबार १० लाख डोज कोभिसिल्ड आउँदै

‘खोप आएपछि क–कसलाई लगाउने भनेर हामी योजना बनाउँदैछौँ ।पहिला छुटेकाले खोप पाउनेछन्,’ उनले भने ।

भारत सरकारले कोरोना महामारीको दोश्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएपछि खोप आउन पाएको थिएन । गत फागुन ५ मा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज आउन बाँकी थियो ।


प्रकाशित : आश्विन २२, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?