१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२४ घण्टामा नेपालमा ८१२ कोरोना संक्रमित थपिए, १००० संक्रमणमुक्त, १० जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८१२ जनामा कोरोना संक्रमण देखिएको छ । ५  हजार ८९३ जनाको पीसीआर परीक्षण गर्दा ८१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नेपालमा ८१२ कोरोना संक्रमित थपिए, १००० संक्रमणमुक्त, १० जनाको मृत्यु

यस्तै, ४ हजार ९८१ जनामा एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा १ हजार जना संक्रमणबाट मुक्त भएका छन् । सोमबारको नियमित मिडिया ब्रिफिङमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको मन्त्रालयले जनाएको छ । यस्तै,२४१ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : आश्विन १८, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?