२४ घण्टामा नेपालमा ८१२ कोरोना संक्रमित थपिए, १००० संक्रमणमुक्त, १० जनाको मृत्यु

आश्विन १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८१२ जनामा कोरोना संक्रमण देखिएको छ । ५  हजार ८९३ जनाको पीसीआर परीक्षण गर्दा ८१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, ४ हजार ९८१ जनामा एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको छ । 

२४ घण्टामा १ हजार जना संक्रमणबाट मुक्त भएका छन् । सोमबारको नियमित मिडिया ब्रिफिङमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको मन्त्रालयले जनाएको छ । यस्तै,२४१ जना क्वारेन्टाइनमा छन् ।

कान्तिपुर

Link copied successfully