कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा ६३ दिनपछि १ लाखभन्दा कममा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि
इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण अस्तव्यस्त बनेको भारतमा पछिल्ला केही दिनयता संक्रमण घट्न थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा ६३ दिनपछि १ लाखभन्दा कममा कोरोना संक्रमण

भारतमा ६३ दिनपछि १ लाखभन्दा कममा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोमबार भारतमा ६६ दिनयताकै कम संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८२ हजारभन्दा बढी निको भएका छन् । भारतमा हालसम्म कुल २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै भारतमा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ हजारभन्दा बढी छ ।

। पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणका कारण २ हजार १ सय २३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३ सय ९ पुगेको छ । भारतमा हाल १३ लाख ३ हजार ७ सय २ जना सक्रिय संक्रमित छन् ।

भारतमा गत मे ७ मा एकैदिन ४ लाख १४ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा एकैदिन सबैभन्दा बढी मे १९ मा ४ हजार ५ सय २९ जनाको कोरोनाले मृत्यु भएको थियो ।

भाइरस प्रभावित देशहरूको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड ३३ लाख ७७ हजारभन्दा बढी संक्रमित छन् । अमेरिकामा कोरोनाबाट करिब ५ लाख ९८ हजार जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्म विश्वभर १७ करोड ३५ लाख ४४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ३७ लाख ३४ हजारभन्दा बढीको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।


प्रकाशित : जेष्ठ २५, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?