कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई कोरोना खोप लगाइने

सिन्ह्वा

बेइजिङ — चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । 

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई कोरोना खोप लगाइने

आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको बताए ।

खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले 'खोपको ग्रेट वाल' निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए ।

आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस पहिलोपल्ट सन् २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो । सुरुमा चीनमा महामारी तीव्र रुपमा फैलिए पनि रोकथाम र नियन्त्रणका लागि चालेका कदमले गर्दा संक्रमण रोक्न सफल भयो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्सेस सेन्टरका अनुसार चीनमा अहिलेसम्म १ लाख ३ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?