कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट बिहारका पूर्वशिक्षामन्त्रीको निधन

काठमाडौँ — बिहारको सत्तारुढ दल जनता दल युनाइटेडका विधायक तथा पूर्वशिक्षामन्त्री मेवालाल चौधरीको कोरोना संक्रमण कारण निधन भएको छ ।

कोरोना संक्रमणबाट बिहारका पूर्वशिक्षामन्त्रीको निधन

समाचार संस्था एएनआईका अनुसार उनलाई तीन दिन पहिले कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई पटना अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको पनि एएनआईले जनाएको छ । तारापुर विधानसभा क्षेत्रबाट निर्वाचित चौधरी ६८ वर्षका थिए ।

पछिल्लो समय बिहारमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । कोरोना संक्रमण बढेपछि मुख्यमन्त्री नीतीश कुमारले केही क्षेत्रमा प्रतिबन्ध लगाएका छन् । राति नौ बजेदेखि बिहान ५ बजेसम्म पूरै राज्यभर कर्फ्यु लगाइएको छ र त्यस्तै पसल र निजी कार्यालयहरु साँझ ट बजे बन्द गर्न निर्देशन दिइएको छ । त्यस्तै राज्यका सबै शिक्षण संस्था, सपिङ मल, पार्क, सिनेमाघर र धार्मिक स्थललाई मे १५ सम्म बन्द गरिएको छ ।

बिहारमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?