कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

संक्रमण दर १९% पुग्यो

संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै

काठमाडौँ — कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) झन्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

संक्रमण दर १९% पुग्यो

४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।

केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बुधबार संक्रमण दर १२.७२ प्रतिशत, बिहीबार १२.८६ प्रतिशत र शुक्रबार १४.६१ प्रतिशत थियो । शनिबार १४ प्रतिशत रहेकामा आइतबार १८.९५ पुगेको हो । संक्रमित हुनेमा नेपालगन्ज र काठमाडौंमा बढी छन् ।

आइतबार काठमाडौंमा ३ सय २६ र बाँकेमा १ सय ६३ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै छन् । विद्यालय तहका बालबालिका संक्रमण हुने क्रमसमेत बढ्दै गएको छ । १९ वर्षमुनिका संक्रमित करिब १० प्रतिशत छन् । बुधबार ७०बालबालिकामा संक्रमण पुष्टि भएको थियो । यो संख्या बिहीबार ५२, शुक्रबार ८१ र शनिबार ८९ थियो ।

आइतबार बढेर १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जनालाई कोरोना देखिइसकेको छ । जसमध्ये १० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : वैशाख ६, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?