थपिए १ हजार १५ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार १५ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिए १ हजार १५ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १ हजार ९६ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

२४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । सोही अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २ सय ९० छन् भने क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?