१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोरोना संक्रमणपछि अक्षय कुमार अस्पताल भर्ना

काठमाडौँ — बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन् । सामाजिक सञ्जामार्फतक उनले आफू अस्पताल भर्ना भएको जनाएका हुन् । 

कोरोना संक्रमणपछि अक्षय कुमार अस्पताल भर्ना

'मेरो स्वास्थ्य ठीक छ । तर सावधानीका लागि डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको छु । मलाई आशा छ म चाँडै घर फर्कन्छु,' अक्षयले ट्विटरमा लेखेका छन् । आइतबार अक्षयले आफूलाई कोरोना संक्रमण भएको खुलाएका थिए । उनले इन्स्टाग्राममा लेखेका थिए । 'म कोभिड पोजिटिभ भएको छु । सबै नियम पालन गर्दै आइसोलेसनमा बसेको छु ।'

फिल्म 'रामसेतु'को छायांकनका क्रममा उनलाई कोरोना संक्रमण भएको हो । यसअघि अप्रिल १ मा अभिनेत्री आलिया भट्ट संक्रमित भएकी थिइन् । उनले आफूलाई कोरोना संक्रमण भएको जनाउँदै लेखेकी थिइन्,'कोरोना संक्रमण हुनेबित्तिकै म घरभित्रै आइसोलेसनमा बसेकी छु ।'

कोरोनाको दोस्रो लहर सुरु भएसँगै थुप्रै बलिउड कलाकार संक्रमित भइरहेको खबर सार्वजनिक भएका छन् । सोमबार नै अभिनेत्री भूमि पेड्नेकरले आफू संक्रमित भएको जनाएकी छिन् । इन्स्टाग्राममार्फत आफूलाई सामान्य लक्षण देखिएसँगै घरमै आइसोलेनसमा बसेको उनले जनाएकी छिन् ।

मार्च २२ मा अभिनेता कार्तिक आर्यनले आफू कोरोना पोजिटिभ भएको जनाएका थिए । 'म कोभिड संक्रमित भएँ । मेरो लागि प्रार्थना गर्नुहोला,' उनले लेखेका थिए ।

मार्च १८ मा अभिनेता आमिर खान पनि कोरोना संक्रमित भएका थिए । उनका एक प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका थिए,'आमिर खानलाई कोरोना भएको छ । अहिले उहाँ घरमै आइसोलेसनमा हुनुहुन्छ । उहाँसँग सम्पर्कमा आउनुहुनेले सावधानी अपनाउनुहोला ।'

आमिरसँगै दोस्रो लहरमा संक्रमित हुनेमा मनोज बाजपेयी, सतिष कौशिक, परेश रावल, रोहित सरफ, संगीतकार बप्पी लहिरी छन् । गत वर्ष अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या रायलगायतलाई कोरोना संक्रमण भएको थियो ।

प्रकाशित : चैत्र २३, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?