२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सैनिक कु अस्वीकार गरी प्रतिरोध गर्न सुकीको आग्रह

काठमाडौँ — म्यानमारकी नेतृ आङ सान सुचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आग्रह गरेकी छिन् । नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) को फेसबुक पेजबाट सु कीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आग्रह गरिएको छ । 

सैनिक कु अस्वीकार गरी प्रतिरोध गर्न सुकीको आग्रह

एनएलडीले गत नोभेम्बरमा भएको चुनावमा लागि प्रयोग गरेको चेयर एनएलडी पेजबाट वक्तव्य जारी गरेका हो । उक्त वक्तव्य सोमबारको ‘कु’ भन्दा केही समय अघि लेखिएको समाचार संस्था रोयटर्सले बताएको छ । सोमबार बिहान राष्ट्रपति विन मिन्टलगायतका नेताहरुसँगै म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री सुचीलाई पनि सेनाले पनि गिरफ्तार गरेको थियो ।

गिरफ्तारीपछि सुचीलाई सार्वजनिक रुपमा देखिएको छैन । सुचीले उक्त सन्देशमा भनेकी छिन्, ‘म नागरिकहरुलाई सैनिक कु अस्वीकार गर्न आग्रह गर्दछु । साथै उक्त कदमको प्रतिरोधका लागि पनि आग्रह गर्दछु ।’

उक्त सन्देशमा सुचीको नाम लेखिएको भए पनि उनको हस्ताक्षर गरिएको छैन । पार्टीका अध्यक्ष विन ह्टेइनले जारी गरेको उक्त सन्देश आधिकारिक भएको वक्तव्यको पुछारमा लेखिएको छ । साथै उक्त सन्देशले सुचीको भावना प्रतिबिम्बित गर्ने पनि अध्यक्ष विनले जनाएका छन् ।

म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ तस्बिर : रोयटर्स

म्यानमारको सेनाले नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ ।

म्यानमारको सरकारी टेलिभिजन कार्यालयमा गरिएको सेनाको तैनाथी तस्बिर : रोयटर्स

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । तर म्यानमारको निर्वाचन आयोगले भने सेनाको दाबीको खण्डन आधारहीन भएको बताएको छ । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको थियो ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा 'आङ सान सुची' हुनुपर्नेमा अन्यथा भएकोमा भुलसुधार गरिएको छ ।

सम्बन्धित समाचार

म्यानमार सेनाको सत्ता कब्जालाई विश्‍वव्यापी रुपमै निन्दा गर्नुपर्छ : कांग्रेस

म्यानमारमा सेनाको ‘कू’ : एक वर्षका लागि संकटकाल घोषणा

आङ सान सुचीलाई म्यानमारको सेनाले हिरासतमा लियो


प्रकाशित : माघ १९, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?