कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्यानमार सेनाको सत्ता कब्जालाई विश्‍वव्यापी रुपमै निन्दा गर्नुपर्छ : कांग्रेस

'सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन सक्दैन'

काठमाडौँ — कांग्रेसले म्यानमारको सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ । 

म्यानमार सेनाको सत्ता कब्जालाई विश्‍वव्यापी रुपमै निन्दा गर्नुपर्छ : कांग्रेस

सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको विषयमाथि आफ्नो प्रतिक्रिया दिँदै कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका हुन् । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उनको भनाइ छ । कांग्रेसले म्यानमारको उक्त घटनाप्रति विरोध प्रकट गरेको प्रवक्ता शर्माले बताए ।

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी एनएलडीले स्पष्ट बहमुत प्राप्त गरेको भए पनि चुनावमा धााधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।

प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्धारा हल गर्न सकिने विषय भएको बताए । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

म्यानमारमा सेनाको ‘कू’ : एक वर्षका लागि संकटकाल घोषणा

आङ सान सु कीलाई म्यानमारको सेनाले हिरासतमा लियो

प्रकाशित : माघ १९, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?