चीनले डब्लूएचओलाई अनुसन्धान गर्न दिने

सिन्ह्वा

बेइजिङ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसन्धानकर्तालाई चीनले आफ्नो मुलुकमा कोरोना भइरसको उत्पत्तिबारे अनुसन्धान गर्न अनुमति दिएको छ ।

डब्लूएचओले कोभिड–१९ भाइरसको संक्रमण कसरी फैलियो भन्नेबारे चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । सुरुमा चीनले डब्लूएचओका अनुसन्धानकर्तालाई प्रवेश दिए पनि अनुसन्धान गर्न नदिने अडान राख्दै आएको थियो । चीनले शनिबार ती अनुसन्धानकर्तालाई अनुमति दिएको बताएको हो ।

चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएकाले अनुसन्धान गर्न चाहेको डब्लूएचओले बताउँदै आएको थियो । चीनको नेसनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले शनिबार भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीलाई यस विषयमा अनुमति दिएका छौं र आगामी केही दिनमा उनीहरूको आगमन हुने बताइएकाले उनीहरूको हामी स्वागत गर्नेछौं ।’

उनले ती अधिकारीले चीनमा कोभिड–१९ को उत्पत्तिबारेमा गर्ने अनुसन्धानमा पूर्ण रूपमा सघाउन चीन तयार रहेको दोहोर्‍याए । ‘विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताले यस अनुसन्धानका विषयमा उनीहरूको कार्यक्रम र कार्यसूची के कस्तो छ भन्नेबारेमा हामीलाई जानकारी दिएपछि उनीहरूसँगै हाम्रा अनुसन्धान अधिकारी पनि वुहान जान तयार छन्,’ उनले भने ।

प्रकाशित : पुस २६, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?