२४ घण्टामा ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ६९९ जना कोरोनामुक्त- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ६९९ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ५२१ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ६८१ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २६२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ जना रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९४ कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ९१ जना महिला र १०३ पुरुष रहेका छन् । काठमाडौंमा १५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रकाशित : पुस २५, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

'ओलीको कदम जुनसुकै दृष्टिकोणबाट पनि असंवैधानिक'

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधानविद प्रा.चन्द्रकान्त ज्ञावालीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम जुनसुकै दृष्टिकोणबाट पनि असंवैधानिक रहेको दाबी गरेका छन् । 

अनेरास्ववियूले शनिबार राजधानीमा गरेको सडक बहस कार्यक्रममा ज्ञवालीले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको कुनै अधिकार नदिएको दाबी गरेका हुन् । यस्तै पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ओली सरकार संविधानको धारा ७६ ( २) अन्तर्गत बनेकाले उनले कुनै हालतमा प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए । उनले ओली सरकार दुई वा सो भन्दा बढी दल मिलेर बनेकोले प्रधानमन्त्रीले एक्लै संसद् विघटन गर्न नसक्ने ठोकुवा गरे ।

नेपाल वार एसोसिएसनका पूर्वउपाध्यक्ष गोविन्द वन्दीले सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गर्ने विश्वास व्यक्त गर्दै फेरि/फेरि त्यस्तो असंवैधानिक कदम नचालियोस् भन्नका लागि आन्दोलन जारी राख्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाकी नेतृ रचना खड्काले प्रधानमन्त्री ओलीको कदम राजनीतिक र संवैधानिक दुवै दृष्टिले घातक रहेको बताइन् । नेता रमेश मल्लले ओलीको कदमले परिवर्तनका उपलब्धि संकटमा पर्न सक्ने बताए । यस्तै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधानअनुसार प्रतिनिधिसभा विघटन हुनै नसक्ने भएकाले अवरुद्ध संसद् तत्काल सुरु गर्न माग गरे ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष नेकपा निकट अनेरास्ववियूकले पुस २१ देखि थालिएको दोस्रो चरणको आन्दोलनअन्तर्गत शनिबार सडक बहस संचालन भएको हो । प्रधामन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको अनेरास्ववियूले आइतबार बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम छ भने शुक्रबार जिल्ला प्रशासन कार्यालय कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिइएको थियो ।

प्रकाशित : पुस २५, २०७७ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×