कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० भन्दा बढीमा कोरोना देखिएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

करिब १ करोड ४ लाख नागरिकको कोरोना परीक्षण गरिने
लापरबाही गरेको भन्दै ३ जना अधिकारीलाई कारबाही

काठमाडौं — बुधबार ५० जनामा  कोरोना पुष्टि भएपछि चीनले एउटा सहरमा पूर्ण लकडाउन गरेको छ । चीनले करिब १ करोड ३ लाख ९० हजार जनसंख्या रहेको सिजियाचुवाङ सहरमा पूर्ण लकडाउन गरेको हो ।

५० भन्दा बढीमा कोरोना देखिएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

सहरका सबै विद्यालय बन्द गरिएका छन् भने त्यहाँका नागरिकलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ । सिजियाचुवाङमा जम्मा ८३ वटा सक्रिय केस रहेको चिनियाँ सञ्‍चार माध्यमले जनाएका छन् ।

सहरका सबै नागरिकको परीक्षण होस् भनेर ५ हजारभन्दा बढी परीक्षण केन्द्र तयार पारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

५ महिनापछि चीनमा यो संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । चीनले पछिल्ला केही महिनादेखि कतै संक्रमण देखिए तत्काल लकडाउन गर्ने र सबैको परीक्षण गरिरहेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा हेबेईको राजधानी वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । चिनियाँ नयाँ वर्ष सुरु हुनुभन्दा २ हप्ताअघि सरकारले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ । नयाँ वर्षका अवसरमा धेरै मानिस घुम्न निस्कने र त्यसले संक्रमण फैलिन सक्ने भन्दै चिनियाँ स्वास्थ्य अधिकारीले सावधानी अपनाउन आग्रह गरेको हो । सिजियाचुवाङको गाओचेङ डिस्ट्रिक्टका नागरिकलाई भने आफ्नो स्थानीय क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ ।

पहिलो चरणको परीक्षण अन्तर्गत गाओचेङका ६ लाख ७३ हजार ७ सय ८७ जना नागरिकको परीक्षण भइसकेको छ । त्यस्तै बिहीबार दिउँसोसम्मको तथ्यांकअनुसार सिजियाचुवाङमा ६० लाखभन्दा बढीको नमुना संकलन गरिएको छ । त्यसमध्ये २४ लाखको परीक्षण भइसकेको र ११ जनामा कोरोना पोजिटिभ देखिएको पनि चाइना डेलीले जनाएको छ ।

चाइना डेलीका अनुसार पछिल्लो समय संक्रमणको केन्द्र बनेको गाओचेङमा लापरबाही गरेको भन्दै तीन जना अधिकारीलाई कारबाही गरिएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार चीनमा अहिलेसम्म ९६ हजार ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण चीनमा ४ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : पुस २४, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?