२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बेलायती अस्पतालमा शय्या अभाव

एजेन्सी

लन्डन — कोरोना भाइरस संक्रमणका घटनामा वृद्धि भएका कारण बिहीबार इंग्ल्यान्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थानमा कठिनाइ भएको बताएका छन् ।

बेलायती अस्पतालमा शय्या अभाव

स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई साताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएको एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।

बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिण–पूर्वी इंग्ल्यान्डमा कोरोना संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जीवाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । पहिलो चरणमा संक्रमित भएपछि उपचार गराउनेको संख्या योभन्दा निकै कम थियो ।

इंग्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, ‘तीव्र वृद्धिले अस्पतालका उपचाररत केही बिरामीहरूलाई नर्सिङ होम वा केयर होममा केही थप शय्या व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् ।’

क्रिस होपप्सनका अनुसार गएको एक साताको अवधिमा मात्र इंग्ल्यान्डमा ५ हजार नयाँ बिरामीलाई भर्ना भएका छन् । ‘यो कोभिड–१९ का बिरामीका लागि छुट्याइएका शय्याभन्दा १० गुण हो । साँच्चै यो निकै चुनौतीको विषय हो,’ उनले भने । चिकित्सकहरूले कोभिड–१९ को बढ्दो क्रमसँगै संक्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गरेका छन् ।

प्रकाशित : पुस २४, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?