कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओ टिमले चीन जाने अनुमति अझै पाएन

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न जान लागेको आफ्नो टिमलाई अझै अनुमति नदिएको बताएको छ ।

कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओ टिमले चीन जाने अनुमति अझै पाएन

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले संयुक्त राष्ट्र संघका दुई जना वैज्ञानिक अनुसन्धानका लागि आफ्नो मुलुक छाडिसकेको बताएका छन् ।

उनीहरु कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न चीनको वुहान जान घरबाट हिँडे पनि चीनको अनुमति पर्खिरहेको महानिर्देशक गेहब्रेयससले बताए । यसअघि चीनले संयुक्त राष्ट्र संघको टोलीलाई वुहान आएर अनुसन्धान गर्न अनुमति दिन सहमत भएको थियो ।

जेनेभामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गेहब्रेयससले भने, ‘यो खबरले म निकै दु:खी छु । मैले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग कुराकानी पनि गरिरहेको छु । मैले उनीहरुसँग डब्लूएचओ र अन्तर्राष्ट्रिय टिमको मिसनका बारेमा प्राथमिकता दिएको छु ।’

प्रकाशित : पुस २२, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?