फ्रान्सका राष्ट्रपति माक्रोंलाई कोरोना संक्रमण

पुस २, २०७७

ददी सापकोटा

पेरिस — फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंमा कोरोना संक्रमित भएको छ । कोरोना संक्रमित भएपछि उनी एक हप्ता स्वएकान्तवासमा बस्ने एलिजे प्यालेसले पुष्टि गरेको छ । 

राष्ट्रपति माक्रोंमा कोरोनाका केही लक्षण देखिएपछि तत्कालै कोरोना आरटीपीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको हो । 

राष्ट्रपतिको कार्यालय एलिजे प्यालेसबाट जारी विज्ञप्तीमा राष्ट्रपतिको कोरोना परीक्षण गरिएको र उनमा पोजिटिभ देखिएपछि एक हप्ताका लागि एकान्तवास बस्ने पुष्टि बिहीबार बिहानै पुष्टि गर्दै भनिएको छ,'राज्य प्रमुख एक हप्ताका लागि स्वएकान्तवासमा रहनुहुने छ ।'

कोरोना संक्रमण भएपछि माक्रोंले डिसेम्बर २२ र २३ का दिन गर्ने भनिएको लेबनानको भ्रमण हालका लागि रद्द गरिएको छ ।

उनीसँग सम्पर्क भएकाले प्रधानमन्त्री जँ कास्तेक्समेत संसद् भवनमा प्रतिनिधिका रुपमा नजाने र उनको प्रतिनिधित्व स्वास्थ्य मन्त्री ओलिभिय भेरँले गर्ने समाचारमा उल्लेख छ ।

कोरोना भाइरस

ददी

Link copied successfully