२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

क्याप्टेन कर्नर : कोरोनाले जागिर गुमाएका मलेसियाली पाइलटको खाजा पसल

रोयटर्स

क्‍वाला लम्पुर — प्रत्येक बिहान मलेसियाली पाइलट एज्रिन मोहम्मद जावावी सेतो पोसाक लगाउँछन् । अनि काममा जानुअघि कयाप्टेनले लगाउने ह्याट पनि लगाउँछन् । तर उनी पाइलटको पोसाक लगाएर एयरपोर्ट भने जाँदैनन् ।

क्याप्टेन कर्नर : कोरोनाले जागिर गुमाएका मलेसियाली पाइलटको खाजा पसल

दुई दशकदेखि उनको दिनचर्या यही भए पनि कोरोना महामारीका कारण भने उनको दिनचर्या र काम फेरिएको छ ।

खाजा पसल खोल्नुअघि पाइलटको पोसाकसहित तयार हुँदै एज्निन तस्बिर : रोयटर्स

अचेल भने पाइलट एज्रिनले राजधानी क्वाला लुम्पुरको छेउमा एउटा सानो फास्ट फुड स्टल सञ्चालन गरेका छन् । ४४ वर्षीय एज्रिन कोरोना महामारीका कारण वायु सेवा कम्पनीले उडान बन्द गरेपछि कामविहीन हुने हजारौं कर्मचारीमध्ये एक हुन् ।

‘पहिलेको कम्पनीले मलाई कामबाट हटाएकाले मैले केही कमाउनै पर्छ,’ यसअघि मालिन्दो एयरमा कार्यरत उनले भने । मालिन्दो एयरले कोरोना महामारीका कारण उडान संख्यामा कटौती गर्दै सयौं कर्मचारी निकालेको छ ।

तस्बिर : रोयटर्स

नियमित रुपमा आम्दानी नहुने भएपछि चार सन्तानका बुवा एज्रिनले सानो खाजा घर खोल्ने निर्णय गरेका हुन् । उनको स्टलमा विशेषगरी मलेसियाली परिकारहरु पाइन्छ । करी नुडल, लाक्सा(पिरो सुपसहितको चाउचाउ) र रोजाक(विभिन्न फलफूल मिसाएर बनाइने परिकार) उनको स्टलमा पाइन्छ ।

खाजा तयार गर्दै पाइलट एज्रिन तस्बिर : रोयटर्स

पाइलटको पोसाकसहित स्टलमा बसेको एज्रिनको फोटो उनकी श्रीमतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी अहिले निकै लोकप्रिय भइरहेका छन् । उनको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘क्याप्टेन कर्नर’ नाम दिइएको उनको स्टलमा पछिल्लो समय ग्राहकको भीड लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण जागिर गुमाएका पाइलट एज्रिन तस्बिर : रोयटर्स

कोरोना महामारीका कारण विश्वभर लाखौं व्यक्तिले आफ्नो जागिर गुमाएका छन् । केहीले भने पाइलट एज्रिनले झैं वैकल्पिक उपाय खोजिरहेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?