बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुकी संक्रमितको मृत्यु

कार्तिक २५, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु–१ जितपुरकी ७० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

कात्तिक २३ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा राखी पीसीआर परीक्षण गरिएको उनको २४ गते पोजिटिभ नतिजा आएको थियो । स्वास्थ्यमा थप समस्या भएपछि कोरोना अस्पतालको आईसियूमा सारिएकी उनको उपचारको क्रममा मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको डा गौतमले बताए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully