३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पछिल्लो २४ घण्टामा थपिए २७ सय ३६ कोरोना संक्रमित, ८ सय ५३ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिए २७ सय ३६ कोरोना संक्रमित, ८ सय ५३ डिस्चार्ज

मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या ३८ हजार ३५ पुगेकाे छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार ९ सय ६० पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित : कार्तिक २५, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?