कपिलवस्तुमा एक कोरोना संक्रमितको मृत्यु

कार्तिक २५, २०७७

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणबाट वाणगंगा नगरपालिका–६ का ७९ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनी सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकको आइसोलेनमा भर्ना भएका थिए । लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा सोमबारै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । श्वासप्रश्वासमा समस्या देखिएका उनलाई तत्काल आईसीयूमा राख्नुपर्ने बेड खाली नहुँदा फिवर क्लिनिकमै राखेर उपचार गरिएको थियो ।

जिल्लामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ३२ पुगेको छ । सक्रिय संक्रमित १ सय ९ छन् ।

कोरोना भाइरस

मनोज

Link copied successfully