लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

कार्तिक २५, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु ६ का ७९ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल ल्याइएका उनको पीसीआर पोजिटिभ आएपछि फिभर क्लिनिकको आइसोलेसनमा राखी उपचार गरिएको थियो । उनको सोमबार राति ९ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully