१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘भारतमा निको हुने दर विश्वकै उत्कृष्ट’

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका अन्य देशमा कोभिड–१९ संक्रमितको संख्या फेरि बढ्न थालेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

‘भारतमा निको हुने दर विश्वकै उत्कृष्ट’

देशमा भाइरसको संक्रमण फैलिएपछि देशवासीका नाममा गरेको सातौं सम्बोधनका क्रममा मोदीले भारतमा कोभिड–१९ संक्रमितहरू निको हुने दर निकै उत्कृष्ट रहेको समेत बताए । प्रधानमन्त्री मोदीका अनुसार भारतमा करिब ८८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

लकडाउन लचिलो पारिएको भए पनि भाइरसबाट मुक्त हुनेहरूको संख्या भारतमा विश्वकै उत्कृष्ट रहेको मोदीको दाबी छ । ग्रान्ड च्यालेन्ज मिटिङलाई भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतको आकार, विविधता र मात्रा देखेर विश्व सधैं लोभिएको छ ।’

मोदीले भारतको जनसंख्या अमेरिकाको भन्दा करिब ४ गुणा बढी भए पनि कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या निकै कम भएको जनाए । ‘हाम्रा धेरै राज्यहरू युरोप र एसियाका देशभन्दा बढी प्रदूषित छन् । तर पनि हाम्रोमा कोभिड–१९ का कारण मृत्यु भएकाहरूको संख्या निकै न्यून छ,’ मोदीले भने ।

कोभिड–१९ प्रभावित देशहरूको सूचीमा भारत दोस्रो स्थानमा छ । भारतमा मंगलबार साँझसम्म संक्रमितको संख्या ७५ लाख ९७ हजार ६३ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भाइरसका कारण १ लाख १५ हजार १ सय ९७ पुगेको छ । प्रधानमन्त्री मोदीले भारतमा संक्रमितहरूको संख्या दिन प्रतिदिन घट्दै गइरहेको पनि जनाए । उनले भने, ‘यति धेरै जनसंख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदासमेत संक्रमित भएकाहरूको संख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।’

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सबैभन्दा अगाडि रहेको मोदीले दाबी छ । ‘हामीले काम रोकेका छैनौं । खोपका लागि पनि प्रयास भइरहेको छ । अरू पनि धेरै उपायहरू हामीले अवलम्बन गरेका छौं,’ मोदीले भने । मोदीले चाडबाडको समय सुरु भएसँगै बजारमा चहलपहल बढेकाले थप चनाखो हुनुपर्ने बताएका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विश्वभर ४ करोड ४ लाख ८९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १९ हजारभन्दा बढी छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितहरूको संख्या ८२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख २० हजार १ सय ५० जनाको मृत्यु भएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?