कोरोना परीक्षण अब एन्टिजेन किटबाट, दुई कम्पनीको किटलाई डब्लूएचओको मान्यता- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना परीक्षण अब एन्टिजेन किटबाट, दुई कम्पनीको किटलाई डब्लूएचओको मान्यता

न्यून र मध्यम आय भएका १३३ देशलाई टेस्टिङ किट उपलब्ध गराइने
५८८ रुपैयाँ लाग्ने परीक्षणको नतिजा १५–३० मिनेटमै आउने डब्लूएचओको भनाइ
एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।

सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओले दिएको जानकारीअनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘ऱ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ ।

यो परीक्षण गर्भ परीक्षण जस्तै हुने बताइएको छ । टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिने पनि डब्लूएचओले बताएको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानेमा गेहेब्रेयससले यसलाई कोरोना परीक्षणको कोशेढुंगाका रुपमा लिएका छन् । कोरोना परीक्षण र नतिजा आउनलाई लाग्ने समयले गर्दा कोरोना संक्रमण रोकथाममा चुनौती देखिएको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न यो सम्झौताले महत्वपूर्ण योगदान पुऱ्याउने उनले बताए ।

‘सजिलै लिएर हिँड्न सकिने र सहज तरिकाको नयाँ परीक्षणको नतिजा १५ देखि ३० मिनेटसम्ममा आउँछ, अब परीक्षणको नतिजाका लागि केही दिन कुर्नपर्ने बाध्यता हट्छ,’ महानिर्देशक टेड्रोसले भने ।

प्रकाशित : आश्विन १३, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

रातभर लाइन बस्नेहरूको कथा : पीसीआरको फन्दाले भुइँको बास

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गत १ गतेदेखि लामो दूरीका सवारीसाधन पनि चल्न पाउने निर्णय गरेपछि कामका लागि भन्दै काठमाडौ आउनेको संख्या धेरै भयो । तीमध्ये सबैभन्दा धेरै प्रदेश २ कै छन् । टेकु अस्पतालमा भेटिनेमध्ये पनि अधिकांश प्रदेश २ का मजदुरहरू छन् । घरभेटीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरू कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् । तर सबैको पालो आउँदैन । रातिदेखि भोलिपल्ट दिउँसो २ बजेसम्म लाइन बसेर फर्किन्छन् र उही दिनचर्या सुरु हुन्छ ।

यी मजदुर त्यतिखेर जुन बाध्यताले काठमाडौं छाडेर घर गएका थिए, यतिबेला त्योभन्दा ठूलो बाध्यताले थिचिएर काठमाडौं आएका हुन् । तर संघर्षको यो इनिङको सुरुवात उनीहरूले टेकु अस्पतालको चिसो छिडीबाट गर्नुपरेको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×