कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ

एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ ।

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ

कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्‍यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे ।

माइक र्‍यानका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअघि नै थप १० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च छ । भाइरसको उपचार पद्धतिमा सुधार आइरहेका कारण पछिल्लो समयमा भने मृत्युदर घटिरहेको उनको भनाइ छ ।

‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्,’ रायनले भने । उनले सरकारहरूलाई कोभिड–१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् । ‘जबसम्म हामी सब उपायहरूको अवलम्बन गर्दैनौं, तपाईंहरूले भनिरहेको संख्या काल्पनिक मात्र हुने छैन । बरु दुर्भाग्यवश त्यो निकै सम्भावित छ,’ र्‍यानले भने ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोभिड–१९ बाट विश्वभर हालसम्म करिब ९ लाख ९३ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : आश्विन ११, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?