२४ घन्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण, ११ सय ४७ डिस्चार्ज

आश्विन १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घन्टामा १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

उनका अनुसार २४ घन्टामा १० हजार १९ पीसीआर परीक्षण गरिएका छन् । शनिबारसम्म ९ लाख ७८ हजार २ सय ४ पीसीआर परीक्षण भएका छन् । 

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको छ । त्यस्तै २४ घन्टामा नेपालमा थप ८ जनाको  मृत्यु भएको छ । मृतकको संख्या भने ४ सय ६७ पुगेको छ । 

आइसोलेसनमा १८ हजार ३ सय ४१ जना र क्‍वारेन्टाइनमा ६ हजार ३ सय ३१ जना रहेका मन्त्रालयले जनाएको छ । 

 

 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully