कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

आश्विन १०, २०७७

कमल पन्थी

बर्दिया — बबई बहुमुखी क्याम्पस गुलरियाका प्रमुखको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीका अनुसार विगत दुई वर्ष यता फोक्सोमा क्यान्सरबाट पीडित क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु भएको बताए ।

उनको थप उपचारका लागि नेपालगन्ज भेरी अस्पताल पुर्याएपछि गेटमै मृत्यु भएको स्वास्थ्य प्रमुख गिरीले जनाए । केही दिन अघि उनि भारतको दिल्लीमा क्यान्सरको नियमित उपचारका लागि गएका थिए । उनी फर्केपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । 

५२ वर्षीय क्याम्पस प्रमुखको शनिबार बेलुकी नेपाली सेनाले बबई नदीको भादा घाट गुलरियामा शव व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । बर्दियामा कोरोना संक्रमणबाट हालसम्म ४ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरस

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully