बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा राजविराज–३ सप्तरीका ६३ वर्षीय वृद्ध पुरुष रहेका छन् । मृतक वृद्ध मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएपनि ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएपछि असोज ८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर भएका थिए ।

प्रतिष्ठानमा स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा उनलाई असोज ८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उपचारको क्रममा नै मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । योसहित प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने संक्रमितहरुको संख्या ३४ पुगेको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?