कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट थप एक सैनिकको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको संक्रमणका कारण नेपाली सेनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार असोज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा एक सैनिक जवानको मृत्यु भएको हो ।

कोरोनाबाट थप एक सैनिकको मृत्यु

उनलाई असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मुत्यु भएको सेनाले जनाएको छ । उनको असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

सेनामा हालसम्म २ हजार १९७ मा संक्रमण भएको, ५३९ जना निको भएको र एक हजार ६५६ जना संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : आश्विन १०, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?