कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उपत्यकामा थपिए ७ सय २४ जना कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा २४ घन्टामा ७ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

उपत्यकामा थपिए ७ सय २४ जना कोरोना संक्रमित

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।

उनका अनुसार २४ घन्टामा १० हजार १९ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टामा देशभर भने १२ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?