कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

८२ हजार ६६ जनाको मृत्यु, ३९ लाखभन्दा बढी निको भए

काठमाडौँ — भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार मात्रै थप ९० हजार १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३ सय ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार २ सय ९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७८.५३ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ८२ हजार सय ६१ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ३९ लाख ४२ हजार ३ सय ६० जना निको भएका छन् भने करिब ९ लाख ९५ हजार संक्रिय केस रहेका छन् ।

भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार मंगलबार ११ लाख १६ हजार ८ सय ४२ नमुना परीक्षण भएको छ । भारतमा मंगलबार साँझसम्म ५ करोड ९४ लाख २९ हजार १ सय १५ नमुना परीक्षण भएको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बुधबार बिहानसम्म ६६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म एक लाख ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब २५ लाख निको भएका छन् ।

त्यसैगरी बुधबार बिहानसम्म विश्वभर दुई करोड ९४ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ९ लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब २ करोड बढी निको भइसकेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?