काठमाडौँ — भारतले नेपाललाई कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गरिने दुई हजार भाइल रेमडेसिभिर सहयोग गरेको छ ।
भारत सरकारका तर्फबाट राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार रेमडेसिभिर हस्तान्तरण गरेका हुन् ।
महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअनुरूप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ ।
भारतले यसअघि वैशाख १० मा पारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायत अत्यावश्यक औषधि, जेठ ४ मा कोभिड टेस्ट किट र साउन २५ मा आईसीयू भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
