कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । कोभिड अस्पतालको आईसियूमा भर्ना गरेर उपचाररत धरान उपमहानगरपालिका १७ बस्ने ७० वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको हो ।

बीपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई ज्वरो खोकीसँगै श्वासप्रश्वासमा कठिनाई भएपछि भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई कोरोना पोजिटिभ भएको रिपोर्ट भदौ २८ गते आएको थियो ।

प्रवक्ता सापकोटाका अनुसार १२ वर्षअघि हृदयघात भएपछि मुटुमा स्टेन्ट समेत राखिएका मृतक पुरुष लामो समयदेखि उच्च रक्तचापका दीर्घरोगी रहेका थिए । स्वास्थ्य प्रोटोकल अनुसार मृतक वृद्धको शव व्यवस्थापन गर्ने काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?