प्रदेश ५ का २ सय ४९ जनामा लक्षणसहितको कोरोना

भाद्र ३०, २०७७

अमृता अनमोल, सन्जु पौडेल

बुटवल/तिलोत्तमा — प्रदेश ५ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।  तीमध्ये २ सय २२ जना कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।

जटिल समस्या भएका २२ जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलले बताए । कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ ।

मंगलबार ९७ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४४ पुगेको छ । संक्रमित मध्ये २ हजार १ सय ७९ जना उपचाररत छन् ।

प्रदेशमा मंगलबार थप १ सय ३१  कोरोना मुक्त भएका छन् ।  यससँगै प्रदेशमा अहिलेसम्म ६ हजार २ सय २८ जना संक्रमीत कोरोनाबाट मुक्त भएका छन् ।

यसैबीच, रुपन्देहीमा २६ महिला र ३२ पुरुष गरेर पछिल्लो २४ घण्टामा ५८ नयाँ संक्रमित थपिएका छन् ।  कूल १ हजार ८ सय २१ संक्रमित रहेको जिल्लामा कोरोनाबाट ८ सय ३९ जना निको भएका छन् । 

मंगलबार जिल्लामा बुटवल उपमहानगरपालिकाका ३०, सिद्धार्थनगरका ८, कन्चन गाउँपालिकाका ६, रोहिणीका ११ र देवदहका ३ रहेका छन् । 

हाल जिल्लामा ९ सय ६२ संक्रमित उपचाररत रहेका छन् भने १५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully