कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ७६ संक्रमित थपिए 

काठमाडौँ — काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ७६ संक्रमित थपिए 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ संक्रमित फेला परेको जानकारी दिए ।

उनका अनुसार २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् ।

२४ घन्टाको अध्यावधिक विवरण अनुसार सोमबार उपत्यकामा ५ सय १२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । सोही अवधिमा १० हजार ८७८ पीसीआर परीक्षण गरिएको थियो ।

२४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता गौतमले जानकारी दिए । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?